
भोजपुर, १० असार । टेम्केमैयुङ गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभा मार्फत आर्थिक २०८२/८३ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष रमादेवी राईले चालु तथा पुुँजीगत गरी कुल ५७ करोड ८ लाख ५१ हजार ११५ बराबरको बजेट पेश गर्नुभयो ।

गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पर्यटनलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरिएको छ । किसानहरुलाई कृषीमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ कृषिमा उत्पादनमा जोड दिदै टोलस्तरमा पकेट कार्यक्रम सञ्चालन नीति लिएको छ । सवै वडालाई गाउँपालिका केन्द्रसँग सहज रुपमा जोड्न यहाँको सडकहरुको विकासलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै बजार क्षेत्रमा सौर्य बत्तीको व्यवस्थापन गर्ने, एकिकृत तथा सुरक्षित बस्तीको विकास लक्ष्य नीति अघि सारहेको छ । गाउँपालिकाका नौ वटै वडा सम्म पुग्ने सडककाे स्तरउन्नती गरेने, मुख्य सडकहरुको डिपीआर तयार गरिने, मुन्दुम पदमार्गको थप विकास र विस्तारलाई जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासमा जोड दिएको उहाँको भनाइ छ ।

फुसको छानो हटाउने, सडक कालोपत्रको, प्रशासनिक भवन निर्माण मुन्दुम पदमार्ग निर्माण लगाएत कृषि र पर्यटनलाई केन्द्रित गरेर बजेट निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो ।


















