एमालेबाट टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा धुव र उपाध्यक्ष रमा राई सर्वसम्मत


भोजपुर, ४ बैशाख । टेम्केमैयुङ गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षको उमेद्धवारको टुङ्गो लगाएको हो । गाउँकमिटीले अध्यक्षमा ध्रुवराज राई र उपाध्यक्षमा रमा राईलाई उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको एमालेका टेम्केमैयुङ गाउँकमिटी अध्यक्ष सुनिल राईले जानकारी दिए ।
२०७४ को चुनावमा भने टेम्केमैयुङमा एमालेविरुद्ध सबै दल एक भएर उम्मेदवारी दिएका थिए । यहाँ गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम, नेपालका रामसिंह राई ध्रुवराज राईसँग पराजित भएका थिए । एमालेका ध्रुवराज राईले २ हजार ७ सय ८० मत ल्याउँदा रामसिंले २ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका सरोज बस्नेतले २ हजार ६ सय ९१ मत ल्याउँदा एमालेबाट इन्द्रावती राई २ हजार ७ सय १८ मत ल्याएर विजयी भएकी थिइन् । हाल उपाध्यक्ष राई नेकपा एस प्रवेश गरिसकेकी छन् ।

त्यस्तै वडा नम्बर ४ नागीको अध्यक्ष जयप्रसाद राई, वडा नम्बर ५ खावाको अध्यक्षमा सुनिल राई, वडा नम्बर ६ कोटको वडाध्यक्षमा सूर्य प्रसाद नेपाल, वडा नम्बर ८ गोगनेको अध्यक्षमा कृष्ण बानिया र वडा नम्बर ९ लेखर्कको अध्यक्षमा गणेश राईलाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको अध्यक्ष राईले जानकारी दिए । अन्य पदाधीकारीहरुको भोलीसम्ममा टुङ्गो लाग्ने एमालेले जनाएको छ ।

त्यस्तै साल्छासिलिछो गाउँपालिका प्रमुखमा सर्वसम्मत रुपमा दौलत कुलुङलाई उमेद्धवार बनाउने गाउँपालिकाले निर्णय गरेको छ । अन्य पदाधिकारीको भने टुङगो लाग्न बाकी रहेको गाउँकमिटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार