भोजपुरमा आगामी बैशाख १० मा चौथो मुन्दुम ट्रेल रेस हुँदै


भोजपुर,२८ चैत । आगामी बैशाख १० गते ‘चौथो मुन्दुम ट्रेल रेस’ हुने भएको छ । यहाँको पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि प्रतियोगिता गर्न लागिएको हो । भोजपुरको बाघखोरदेखी खोटाङको साकेला गाउँपालिकाको तावाभञ्याङसम्म ४५ किलोमिटरमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

विदेशीहरुलाई प्राथमिकता राखेर सञ्चालन गर्न लागिएको प्रतियोगितामा देश तथा विदेशका धावकहरु गरी १५० देखी २०० जनासम्मको सहभागिता रहने रिमाचुङ एजुकेशन एण्ड स्पोटेस् एकाडेमी भोजपुरका अध्यक्ष पावीहाङ राईले बताए । टेम्केमैयुङ गाउँपालिकाको आर्थिक सहयोग र रिमाचुङ एजुकेशन एण्ड स्पोटेस् एकाडेमी भोजपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार