साढे ३३ किलो सुनकाण्डका नाइके गोरे पक्राउ


काठमाडौं । ३३ किलो सुनकाण्डका नाइके गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

यसबारे थप विवरण आउन बाँकी छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन हराएपछि भरिया भनिएका सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो ।
घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन समितिले गोरेसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा यसअघि नै मुद्दा दायर गरिसकेको छ । यद्यपी गोरे फरार हुँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार