पार्किङ स्थलमा पार्किङ नगर्ने सवारी साधनलाई ५ हजार जरिवाना


खोटाङ १८ पौष ।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले पार्किङस्थलमा पार्किङ नगर्ने सवारी साधनलाई पाँच हजार जरिवाना गर्ने भएको छ । नगरले नगरभित्र प्रवेश गर्ने यात्रुवाहक बस तथा जिप पार्किङस्थल नलगेमा पाँच हजार जरिवाना गर्ने भएको हो ।
पटकपटक बुसपार्क तथा जिपपार्कमा पार्किङ गर्न अनुरोध गर्दा वेवास्ता गरेका कारण यस्तो निर्णय गर्न बाध्य भएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।
नगरवासी र यातायात व्यवसायीको संयुक्त भेलाले जथाभावी पार्किङ गर्ने सवारी साधनलाइ ५ हजार जरिवाना लिने निर्णय गरेको नगरले जनाएको छ । बस तथा ट्रकलाई आचार्य गाउँ र सोल्मास्थित डाँडागाउँमा र जिपलाई हाँटडाडामा रहेको जिपपार्कमा पार्किङ गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख रिजाले बताए ।

उनले थपे, ‘आगामी दिनमा निर्णयलाई बेवास्ता गरी अन्यत्र पार्किङ गरेमा प्रहरीलाई जिम्मा दिइनेछ ।’
यस्तै, दिक्तेलबजारमा बिहान ९ बजेदेखी साँढे दश बजेसम्म र साँझ ३ बजेदेखि साँढे चार बजेसम्म मोटरबाईक बाहेक कुनै पनि सवारी साधन गुडाउँन निषेध गरिएको छ ।

बजार क्षेत्रभित्र धेरैवटा विद्यालय रहेको र सो समयमा विद्यार्थीहरु आवतजावत गर्ने भएकाले दुर्घटना हुन नदिन ठूला सवारी साधनलाई प्रवेशमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार