टेम्केमैयुङ गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न


भोजपुर, २० चैत ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२र०८३ को दोस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार गाउँपालिका केन्द्र अन्नपूर्णमा कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगति, सञ्चालित योजना तथा नीतिगत निर्णयबारे स्थानीय नागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ। सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले यस अवधिसम्म सम्पन्न भएका काम, सञ्चालनमा रहेका योजना र समग्र प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार हालसम्म ४३‍.१४ प्रतिशत योजनाको काम सम्पन्न भई खर्च भइसकेको छ भने अन्य योजनाहरू पनि अन्तिम चरणमा रहेका छन्।

कार्यक्रममा उठेका जिज्ञासा तथा सुझावका जवाफ दिँदै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले नागरिकबाट प्राप्त सुझावले आगामी योजना निर्माणलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। सार्वजनिक सुनुवाइले सेवा प्रवाहबारे नागरिकलाई सुसूचित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। साथै, गाउँपालिकाले समग्र क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा काम गरिरहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

यसैगरी, गाउँपालिका उपाध्यक्ष रमादेवी राईले स्थानीयवासीका सुझाव तथा प्रतिक्रियाले समृद्ध गाउँपालिका निर्माणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार