स्वतन्त्र विद्यार्थी युनियन भोजपुरद्धारा उपचारका लागि सहयोग अपिल


भोजपुर, १६ माघ ।
भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत एक विद्यार्थीका बुवा गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएपछि उपचारका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भोजपुर बहुमुखी क्याम्पसले आर्थिक सहयोगको अपिल गरेको छ ।
क्याम्पसका विद्यार्थी संगम विश्वकर्माका बुवा फोक्सोको संक्रमणका कारण हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहनुभएको छ । निरन्तर उपचार आवश्यक परेकाले परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको स्ववियुले जनाएको छ ।
स्ववियुका सभापति सोविन तामाङले संगमका बुवाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले जीवन रक्षाका लागि सबै पक्षको सहयोगको अपिल गरिएको जानकारी दिनुभयो । उहाँले सानो सहयोगले पनि एउटा अमूल्य जीवन जोगिन सक्ने भन्दै मानवता र एकताको भावनाका साथ सहयोगमा जुट्न सबैमा अपिल गर्नुभयो ।
आर्थिक सहयोगका लागि विद्यार्थी संगम विश्वकर्माको नाममा रहेको बैंक खातामार्फत सहयोग गर्न सकिने स्ववियुले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार