एमाले सचिव शेरधन राईद्वारा उम्मेदवारी दर्ता


भोजपुर, ६ माघ ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव शेरधन राईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै राईले जनताको मतमार्फत विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राईले विगतमा आफूले निर्वाचन जितेर जिल्लाको विकासका लागि महत्वपूर्ण कामहरू अघि बढाएको उल्लेख गर्दै अझै अधुरा रहेका विकास निर्माणका कामलाई पूर्णता दिन आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले हाल देश विभिन्न खालका संकटको सामना गरिरहेको उल्लेख गर्दै ती संकटको समाधान गर्ने क्षमता एमालेसँग मात्रै रहेको दाबी गर्नुभयो ।

एउटै निर्वाचन क्षेत्र रहेको भोजपुरमा कुल एक लाख २५ हजार ७६६ जना मतदाता रहेका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मतदातासँग भेटघाट तथा जनसम्पर्क अभियानलाई तीव्र बनाउँदै लगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार