पृथ्वी जयन्तीको अवसरमा हतुवागढीमा सेनाको विशेष कार्यक्रम


भोजपुर, २७ पुस ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नयाँ श्रीनाथ गण भोजपुरले जिल्लाको ऐतिहासिक तथा सामरिक महत्व बोकेको घोडेटारस्थित हतुवागढीमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले गण हे क्वा तथा सुरक्षा बेस हतुवागढीमा पदयात्रा, झाँकी प्रदर्शन तथा ब्याटल सिमुलेसन कार्यक्रम सञ्चालन गरेको हो । सो अवसरमा भोजपुरस्थित नयाँ श्रीनाथ गणका गणपति तथा प्रमुख सेनानी प्रशुराम थापाले पृथ्वीनारायण शाहको तस्बिरमा सलामी अर्पण गर्दै माल्यार्पण गर्नुभएको थियो ।

ऐतिहासिक गढीको संरक्षण, प्रचार–प्रसार तथा आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत स्थानीय विकासमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नयाँ श्रीनाथ गणले जनाएको छ ।

कार्यक्रमअन्तर्गत राष्ट्रिय झण्डा फहराउने, पृथ्वीनारायण शाहको राष्ट्र एकीकरणमा रहेको योगदानको स्मरण, सैनिक अनुशासन झल्काउने विविध गतिविधि सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाली सेनाका अधिकारी तथा जवान, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।

यस्ता कार्यक्रमले राष्ट्रिय एकताको भावना मजबुत बनाउनुका साथै ऐतिहासिक स्थलप्रति नयाँ पुस्ताको चासो बढ्ने विश्वास व्यक्त गरिएको छ । स्थानीयवासीका अनुसार यस किसिमका कार्यक्रमले हतुवागढीको ऐतिहासिक महत्व उजागर हुनुका साथै पर्यटन विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार