
भोजपुर,१२ मङ्सिर । नेकपा (एमाले) भोजपुरले आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जिल्ला तहबाट सहभागी हुने प्रतिनिधि सूची सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ। दावेदारको संख्या धेरै रहे पनि अन्तिममा आन्तरिक छलफलमार्फत सहमति जुटेको जिल्ला अध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट प्रस्तावित नाममा सहमति भएपछि आधिकारिक रूपमा प्रतिनिधि सूची सार्वजनिक गरिएको हो।
पुरुष खुला तर्फ सुरेन्द्र उदास, प्रेमकुमार राई, शरणकुमार राई र मक्कर खड्का महाधिवेशन प्रतिनिधिमा चयन हुनु भएको छ।
त्यस्तै खुला महिला तर्फ निर्मला शेर्पा र रमादेवी राई, युवा तर्फ ज्ञानेन्द्र राई र दलित खुला तर्फ चित्रलाल विक सर्वसम्मत रूपमा चयन गरिएको जिल्ला कमिटीले जनाएको छ। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ गतेदेखि काठमाण्डौमा हुँदैछ ।
















