भोजपुरमा खुला रक्तदान कार्यक्रम सम्पन्न, २५ जनाले गरे रक्तदान


भोजपुर, भदौ १ । राष्ट्रिय युवा संघ, नेपाल जिल्ला समिति भोजपुरले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । शनिबार जिल्ला अस्पताल भोजपुरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा स्थानीय युवादेखि विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरू सहभागी रहेको थियो । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र भोजपुरले गरेको थियो ।

कार्यक्रमले रक्त अभावमा समस्यामा पर्ने बिरामीलाई सहयोग पुग्ने  नेकपा एकाले भोजपुरका अध्यक्ष मकर खड्काले बताउनुभयो । सोही कार्यक्रमको अवसरमा जिल्ला अस्पतालका ३५ जना विरामीलाई फलफुल समेत वितरण गरिएको आयोजकले जनाएको छ ।

रक्तदान कार्यक्रम राष्ट्रिय युवा संघ, नेपाल जिल्ला समिति भोजपुरको मुख्य आयोजना र अनेरास्ववियु जिल्ला समिति भोजपुर सह आयोजनामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार