भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बद्रि कुमार श्रेष्ठ विजयी


भोजपुर,३० असार उद्योग वाणिज्य सङ्घ भोजपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनमा बद्रि कुमार श्रेष्ठ अध्यक्ष पदमा विजयी हुनुभएको छ। आइतबार सम्पन्न मतदानमा श्रेष्ठले १५८ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवार निर कुमार विश्वकर्मालाई ४६ मतको अन्तरले पराजित गर्नुभएको हो। विश्वकर्माले ११२ मत प्राप्त गर्नुभएको थियो।

त्यसैगरी, प्रथम उपाध्यक्ष पदमा प्रकाश श्रेष्ठ १६६ मत प्राप्त गरी विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी प्रविण कुमार सुवालले ९३ मत प्राप्त गर्नुभएको थियो।

द्वितीय उपाध्यक्ष पदमा बद्रि कुमार श्रेष्ठले १४८ मत प्राप्त गर्दै जित हात पार्नुभयो भने महासचिव पदमा विन्द्र कुमार राई १४० मत ल्याएर निर्वाचित हुनुभयो। स्वतन्त्र उम्मेदवार विमल रणपहेली सचिव पदमा ११३ मत ल्याएर विजयी हुनुभयो। कोषाध्यक्षमा जीवन कुमार श्रेष्ठले १४९ मत प्राप्त गरी निर्वाचित हुनुभयो।

सदस्य पदमा ज्ञान बहादुर कार्की,अनिल कुमार बराइली, पारस तामाङ , राजेश कुमार श्रेष्ठ, लाल बहादुर विश्वकर्मा, लेखराज श्रेष्ठ, उर्मिला थापा, अनिता राई, र शान्ता कुमारी राई विजयी हुनुभयो।

निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले तीन वर्षे कार्यकालमा उद्योग, व्यापार र व्यवसायका क्षेत्रमा देखा परेका समस्या समाधानमा आफू निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। उहाँले सम्पूर्ण मतदाताहरूप्रति आभार व्यक्त गर्दै सबैलाई साथ र सहयोगका लागि आग्रह गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार