
भोजपुर, २८ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको शनिबार सम्पन्न गाउँभाको १७ औँ अधिवेशनको दोश्रो वैठकको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हो । उत्कृष्ट कर्मचारीमा वडा-२ तिवारीभञ्याङका वडा सचिव फुर्वा तामाङ र वडा नं -१ श्यामशिलामा कार्यालय सहयोगि कुल प्रसाद पराजुली सम्मानित हुनु भएको छ । दुवै जनालाई नगद रु. दश हजारसहित सम्मान पत्रले सम्मान गरिएको हो ।

गाउँ सभाले कार्यालयको वेरुजु न्यनिकरणसँगै गाउँपालिकाको सुशासनमा अब्बल भूमिको खेलेको भन्दै कुसल प्रशासकको रुपमा प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईलाई पनि सम्मान गरेको छ ।
त्यस्तै सभाले उत्कृष्ट कार्यसम्पादन गरेकोमा वडा नं-४ वास्तिम र पञ्चकन्या माध्यमिक विद्यालयसँगै शैक्षिक सुधारमा पु¥याएको योगदनको कदर गर्दै सेवा निवृत प्रधानाध्यापक रामकुमार राई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
कर्मचारीको मनोवल बढाउदै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने लक्ष्यले गाउँसभाको निर्णय अनुसार कर्मचारी, उत्कृष्ट काम गर्ने वडा तथा शैक्षिक सुधारमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।
त्यस्तै नियमित प्रक्रिया अनुसार पाँच तहबाट छैँटौँ तहमा बढुवा भएका गाउँपालिकाका इन्जिनियर सोभित घिमिरे, शिक्षा शाखा प्राविधिक शिव आचर्य, कम्प्युटर अप्रेटर मुलायम सिंह यादवलाई तह बृद्धि नियुक्ती पत्र दिएको छ । त्यस्तै सातौँबाट आठौ तहमा बढुवा हुनु भएकी शिक्षा अधिकृत सुनिता कटुवालाई पनि तह बृद्धि गरिएको छ ।





















