
भोजपुर,१९ असार । भूमि समस्या समाधान आयोग भोजपुरले स्थानीय तहबाट पहिचान भएर आएका सुकुम्बासीको निवेदनलाई प्रमाणीकरणको लागि ७ दिने सूचना जारी गर्ने निर्णय गरेको छ ।
यहि असार १९ गते सम्पन्न आयोगको वैठकले आएका निवेदनको पहिचान तथा प्रमाणीकरण गर्न सर्वसाधारणलाई दावी विरोधको लागि सूचना जारी गर्ने भएको हो । षडानन्द नगरपालिकाबाट पहिचान भएर आएका भूमिहिन दलित नौ जना र ५० जना भूमिहिन सुकुम्बासीको पूर्णपूष्टीका लागि सूचना जारी गर्ने निर्णय गरेको हो । त्यस्तै मालपोत कार्यालयमा नेपाल भरी निज र निजको परिवारको नाममा जग्गा छ छैन एकिन गरि पठाउने निर्णय पनि गरिएको भूमि आयोजना भोजपुरका अध्यक्ष देवीराम चौलागाइले जानकारी दिनुभयो ।
फारम भर्न छुटेका भूमीहिन दलित , भूमिहिन सुकुमबासी र अब्यबस्थित बसोबासीले फारम भर्ने म्याद यहि असार मसान्तसम्म मात्र रहेकोले चाडो फारम भर्न आह्वान गर्नेेसमेत निर्णय भएको अध्यक्ष चौलागाइँको भनाइ छ ।




















