
भोजपुर, १० असार । अरुण गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभा मार्फत आर्थिक २०८२/ ८३ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष विनिता ढकालले चालु तथा पुुँजीगत गरी कुल ४८ करोड ८९ लाख ३६ हजार बराबरको बजेट पेश गर्नुभयो ।
गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पर्यटनलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरिएको छ । किसानहरुलाई कृषीमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ कृषिमा उत्पादनमा जोड दिदै टोलस्तरमा पकेट कार्यक्रम सञ्चालन नीति लिएको छ । सवै वडालाई गाउँपालिका केन्द्रसँग सहज रुपमा जोड्न यहाँको सडकहरुको विकासलाई प्राथमिकतामा राखेको छ ।
त्यस्तै कृषि क्षेत्रको विकासका लागि कृषिलाई व्यवसायीकरण, होमस्टे सञ्चालन गर्ने नीति अघि सारियको गाउँपालिका अध्यक्ष सालिकराम खत्रीलेबताउनुभयो । खेलकुद सञ्चालन, कृषी, पर्यटनलाई केन्द्रित गरेर बजेट निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीले जानकारी दिनुभयो ।





















