टेम्केमैयुङ १ तिम्माद्धारा वडाको विकासमा सहयोग गर्ने २२ जनालाई सम्मान


भोजपुर, ३१ जेठ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ तिम्माले वडाको विकासमा सहयोग पु¥याउने २२ जना नागरिकलाई सम्मान गरेको छ । वडाले ‘समृद्ध वडा’ निर्माणका लागि विभिन्न क्षेत्रबाट पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरेको हो ।
वडाको विकासका लागि विभिन्न संरचना निर्माण गर्न निःशुल्क जग्गा दान गर्ने, वडाको सडक निर्माणमा आर्थिक सहयोग गर्ने, शिक्षा ,स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकासमा सहयोग गर्ने २२ जनालाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको वडा नं १ तिम्माका वडाध्यक्ष नरबहादुर राईले जानकारी दिनुभयो । गाउँपालिकासँगै समृद्ध वडा निर्माणमा पु¥याएको योगदानको कदर स्वरुप उहाँहरुलाई सम्मान गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।
“उहाँहरुले विभिन्न क्षेत्रबाट वडाको विकासका लागि सहयोग पु¥याउनु भएको छ”वडाध्यक्ष राईले भन्नुभयो,“यहाँको विकासका लागि उहाँहरुले निस्वार्थ रुपमा गरेको सहयोगको कदर स्वरुप वडाको तर्फबाट सम्मान गरेका हौँ । स्थानीयको सहयोगले नै यो वडाको विकासलाई अघि बढाउन सहजता भएको छ ।”
गाउँपालिकाले लिएको ‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधारः टेम्केमैयुङ विकासको आधार’ भन्ने नारालाई सफल गराउन स्थानीय नागरिकबाट भएको सहयोगको कदर स्वरुप गाउँपालिका उपाध्यक्ष रमादेवी राईको उपस्थितमा सम्मान गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार