
भोजपुर, १३ फागुन । ३७ औँ प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद्(CTEVT) दिवसको अवसरमा सुम्निमा बहुप्राविधिक शिक्षालय द्वारा भोजपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । सुम्निमा बहुप्राविधिक शिक्षालय देखि सुरु भएको प्रभातफेरी कार्यक्रमदेउराली चौक, भोजपुर नगरपालिका, चयाङमिनि चौक, जिरो प्वाइन्ट, पुरानो बजार, टुँडिखेल, चारभञ्ज्याङ चोक हुदैँ सुम्निमा बहुप्राविधिक शिक्षालयको प्राङ्गणमा पुगेर मुलसमारोहको कार्यक्रममा परिणत भएको थियो ।
प्रभातफेरी कार्यक्रम सुम्निमा बहुप्राविधिक शिक्षालयको शिक्षालय प्रमुख राजीव कुमार ठाकुरकाे अगुवाईमा शिक्षालयका प्रशिक्षकहरू, कर्मचारीहरू, सिभिलइन्जिनियरिङ, कृषिवालिविज्ञान,कृषि पशु विज्ञान कार्यक्रममा अध्ययनरत करिब दुइ सय जना छात्रछात्राहरूको सहभागिता रहेको थियो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद(CTEVT) को ३७ औँवार्षिकोत्सव नेपाल अधिराज्यभरि बिभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइरहेको सन्दर्भमा सुम्निमा बहुप्राबिधिक शिक्षालयले पनि फागुन ८ र ९ गतेबोजपुर नगरपालिका भित्रका विद्यालयहरूमा गई कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई प्राविधिक शिक्षा सम्बन्धीजन चेतना तथा अभिमुखीकरण कार्यक्रम, फागुन ११ गते शिक्षालय वरिपरिसरसफाइ तथा विभिन्न खेलकुदकार्यक्रमहरू आयोजना गरिएको थियो भने फागुन १२ गते प्रभात फेरी, पुरस्कार वितरणकोसाथै साँझ दिप प्रज्वलन गरि परिषद् दिवस शिक्षालयले मनाइएको कुरा शिक्षालय प्रमुख राजीव कुमार ठाकुर ले बताए !
आजको प्रभात फेरी कार्यक्रमलाई संबोधन गर्दै शिक्षालय प्रमुख ठाकुर लेदेशको श्रम बजारलाई चाहिने निम्न तथा मध्यम स्तरको जनशक्ति उत्पादनमाCTEVT को महत्वपुर्णयोगदान रहेको कुरा गर्दैआगामी दिनहरूमा पनि नेपालको श्रम बजार सँग हातेमालो गरी प्राविधिक शिक्षालाई अगाडि बढाउन पर्छ भन्ने कुरालाई जोड दिनु भयो ।
उक्तप्रभातपेरी कार्यक्रममा छात्रछात्राहरूको हात हातमा प्रविधिक शिक्षा लाई दर्शाउनेविभिन्न नाराहरूको हाते पोस्टरलेभोजपुर बजारप्रविधिकशिक्षामय भएको सहजै अनुभूति गर्न सकिन्थ्यो । अजको कार्यक्रमले देशकायुवा-युवतिहरूमाप्राविधिक शिक्षा प्रतिकोक्रेजबढाउनुको साथै प्राविधिक शिक्षा प्रतिजनचेतनामुलक काम गरेको छ।