स्थानीयस्तरमा सहज पशु स्वास्थ्य सेवा पु¥याउन भोजपुरमा कार्यक्रम सञ्चालन


युवराज विष्ट
भोजपुर, १५ माघ ।
ग्रामिण भेगमा सहज रुपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न भोजपुरमा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पशुपालक किसानले दैनिक जसो भोगेको समस्यालाई ध्यानमा राख्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले सिटिइभिटीले २० जना किसानलाई एक महिने (१६० घण्टे) पशु स्वास्थ्य सम्बन्धि अभ्यासमूलक प्रशिक्षण दिएको हो ।


एक महिनासम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रम पश्चात सहभागी किसानहरुले आफ्नो क्षेत्रमा दक्षढंगले काम गर्न सक्ने सुम्निमा बहुप्राविधि शिक्षालयका प्रमुख राजिवकुमार ठाकुरले बताउनुभयो ।
प्रशिक्षणका क्रममा सहभागी किसानहरुलाई पशुहरुमा लाग्ने रोग, रोगको उपचार पद्धती, बन्ध्याकरण, फार्म व्यवस्थापन, खोप र खोप प्रयोग विधिको विषयमा अभ्यास गराएर आवश्यक सीप दिएको प्रमुख ठाकुरले जानकारी दिनुभयो । स्थानीय किसानको माग र यहाँको आवश्यकतालाई ध्यानमा राखेर पहिलो पटक सदरमुकाममा यो प्रकारको तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ । तालिम लिएकाहरुलाई योग्यताको प्रमाण पत्र दिइने उहाँको भनाइ छ ।
“यहाँका धेरै किसानहरु पशुपालन व्यवसायमा जोडिएका छन्”प्रमुख ठाकुरले भन्नुभयो,“तर उनीहरुमा पशुमा लाग्ने रोग र उपचार पद्धतीको विषयमा जानकारी नहुँदा धेरै समस्या छ । जनशक्ती अभावमा राज्य तहका पशु प्रविधिकहरु सवै ग्रामिण भेगमा पुगेर सेवा प्रवाह गर्न नसकिरहेको अवस्था पनि छ । पशु स्वास्थ्यलाई सहज रुपमा विस्तार गर्ने लक्ष्यले एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर सीप प्रदान गरेका छौँ ।”

भोजपुरका अधिकांश किसान पशुपालन व्यवसायमा जोडिएको भएपनि पशुमा लाग्ने सामन्य रोग तथा उपचार पद्धतीको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको छ । स्थानीयस्तरका नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै सिटीभिटी र भोजपुर नगरपालिकाको सहकार्यमा एक महिने सामुदायिक पशु सेवा सहायकको तामिल सञ्चालन गरिएको भोजपुर नगरपालिका पशु शाखा प्रमुख सन्तोष कटुवालले बताउनुभयो । यहाँ उत्पादन भएका जनशक्तीले भावी दिनमा सहज रुपमा ग्रामिण भेगमा पशु सेवालाई विस्तार गर्न सक्ने उहाँको भनाइ छ ।
“स्थानीयस्तरमा पशु स्वास्थ्यको क्षेत्रमा दक्षता भएका जनशक्तीको अति नै आवश्यकता छ” शाखा प्रमुख कटुवालले भन्नुभयो,“राज्यको तहबाट खटिएका जनशक्तीले मात्र सवै ग्रामिण भेगमा सेवा विस्तार गर्न कठिन नै छ । यो प्रशिक्षण पश्चात गाउँघरका टोल टोलमा पशु प्राविधिकहरुले सेवा दिने अवस्था बनेको छ ।”
आफुले वषौँबाट पशुपालन गरिरहेको भएपनि पशुमा लाग्ने रोगको विषयमा जानकारी नहुँदा समस्या रहेको अवस्थामा एक महिने तालिम पाएपछि सहजता भएको सहभागी स्थानीय किसान मोहनप्रसाद ढकालले जानकारी दिनुभयो । एक महिनासम्म पशु स्वास्थ्यको विषयमा अभ्यासमुलक सीप लिन पाउँदा खुसी लागेको उहाँको भनाइ छ । तालिममा सहभागी भएपनि गाउँघरमा पुगेर उपचार गर्न सक्ने भएको उहाँको भनाइ छ ।
“लामो समयबाट पशुपालन गरिरहेको थिँए”उहाँले भन्नुभयो,“तर मलाई पशुमा लाग्ने रोग र उपचार पद्धतीको विषयमा जानकारी थिएन । पशु विरामी हुँदा सहज रुपमा सेवा पाउन सकिरहेका थिएनौँ । अहिले आफैँले तालिम लिने अवसर पाँए। धेरै खुसी लागेको छ । यस्ता सीपमुलक कार्यक्रम अन्य किसानहरुसम्म पनि पु¥याउन आवश्यक छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार