हतुवागढी गाउँपालिका गाउँ सभाको चौधौं अधिबेशन सम्पन्न


भोजपुर,१६ फागुन। भोजपुरको हतुवागढी गाउँपालिका गाउँ सभाको चौंधौं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनर्फत गाउँपालिका उपाध्यक्ष सुनिता राईले गाउँपालिका तर्फ एक करोड ४३ लाख ७० हजार तथा वडा तर्फ ४२ लाख ६७ हजार ७५० बरावरको संशोधित बजेट प्रस्तुत गर्नुभयो । गाउँपालिकाको निर्णय अनुसार प्राथमिकताको आधारमा बजेट तयार गरिएको उपाध्यक्ष राईले जानकारी दिनुभयो ।
सीमित बजेट भएकाले आवश्यकता तथा प्राथमिकताको आधार बजेट तयार गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । गाउँपालिकाको प्रशासनिक भवनलाई पहिलो प्राथमिकतामा राख्दै यसअघिका गाउँसभामा नसमेटिएका योजना तथा कार्यक्रमलाई समेट्ने गरी बजेट रकमान्तर, सिर्षकान्तर र स्रोतान्तर गरिएको गरिएको उहाँको भनाइ छ ।

भौतिक पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटको बाडफाँड गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । संशोधित बजेटमा गाउँपालिकाको प्रशासनिक भवनको निर्माणका लागि एक करोड बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार