पौवादुङमाको सवैभन्दा होचो स्थान अधेँरीघाटमा १४औँ गाउँसभाको पहिलो बैठक


भोजपुुर २८ पुस । पौवादुङमा गाउँपालिकाको १४औँ गाउँसभाको पहिलो बैठक सवै भन्दा होचो स्थान अरुण नदीको अधेँरीघाटमा शुक्रबार सम्पन्न भएको छ । यहाँको सवैभन्दा होचो स्थान वडा नं ५ को अरुण नदीको किनारको अधेँरीघाटमा बैठक सम्पन्न भएको हो । गाउँपालिकाको पर्यटकिय क्षेत्र तथा सवैभन्दा होचो स्थानमा बैठक गरिएको प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताउनुभयो । गाउँसभाको बैठकमा पालिकाको नीति कार्यक्रम र बजेटका बिषयमा छलफल भएको गाउँपालिकाले जनाएको छ । बैठकले ८८ लाख तीन हजार सात सय ८८ रुपैँया ७२ पैसा गाउँसभा मार्फत विभिन्न कार्यक्रमका लागि बिनियोजन हुने निर्णयसमेत गरेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो ।

गाउँपालिकाको श्रोत अधिकतम उपयोग गर्दै जनताको अपेक्षा अनुसारको बजेट विनियोनका लागि तयारी बैठक गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । यहाँको आवश्यकता र औचित्यको आधारमा वजेट तयार गरिएको उहाँको भनाइ छ । फरक तरिकाले सञ्चालन गरिएको र बैठक ऐतिहासिक भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । राईले भन्नुभयो, “गाउँपालिकाको सवैभन्दा होचो स्थान अधेँरीघाटमा गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । हाम्रा पूर्वजहरुले धनकुटा हिलेबाट ढाकरमा नुन बोकेर बास बस्न आउने स्थान अधेँरीघाटमा ऐतिहासिक रूपमा गाउँसभा बैठक भएको छ । अबका अन्य बैठकहरू गाउँपालिकाका अन्य पर्यटकीय स्थानहरुमा सञ्चालन गरिने छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार