भोजपुर, १९ असार । पौवादुङमा गाउँपालिका १ श्यामशिलाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । कृषक समूहलाइ १४ ओटा हाते ट्याक्टर वितरण गरिएको हो । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ८० प्रतिशत गाउँपालिकाको अनुदान र किसानको २० प्रतिशत साझेदारीमा कृषि सामग्री वितरण गरिएको पौवादुङमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । करिव सात लाख बराबरको कृषि सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
कृषकलाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्धेश्यले कृषि सामग्री गरिएकोक गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । आधुनिक उपकरण हस्तान्तरणले किसान थप सहजता हुने उनको भनाइ छ । ‘कृषकलाई प्रोत्साहन गर्ने लक्ष्यले कृषकलाई आवश्यक उपकरणसँगै विभिन्न खालका सहयोग गर्दै आएको छौँ’ अध्यक्ष राईले भने, ‘यसले किसानमा थप हौसला मिल्न भन्ने गाउँपालिकाले अपेक्षा लिएको छ । खास गरेर श्यामशिलालाई किवीको पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना छ ।’
कषि सामग्री वितरणले किसानले सहजता थपिएको वडाध्यक्ष राजेन्द्र तामाङ बताए । लम्की स्किनको कारण किसान समस्यामा परेको बेला हाते ट्याक्टर वितरण सहज भएको उनको भनाइ छ । ‘लम्कीस्किन कारण किसानमा मारमा परेको अवस्था छ वडाध्यक्ष राईले भने,‘ गोरु मरेर खेति गर्न नसकेको अवस्थामा हाते ट्याक्टर वितरणले किसानमा प्रत्यक्ष लाभ पुगेको छ ।