
भोजपुर १० असार । ‘ सुन्दर रामप्रसादराई गाउँ स्वच्छ सुसंस्कृत र समृद्ध बनाऔ ’भन्ने नाराका साथ रामप्रसादराई गाउँपालिकाको १२ औँ गाउँ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ४८ करोड ६२ लाख ८३ हजार ६ सय रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।
सभा मार्फत चालु तर्फ ३२ करोड ५८ लाख २१ हजार एक सय ५० र पुँजीगत तर्फ १६ करोड ४ लाख ६२ हजार ४ सय बराबरको बजेट गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले सार्वजनिक गरेका हुन् । कृषि, सडक भौतिक पूर्वाधार विकास, पर्यटनको क्षेत्रमा आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको उपाध्यक्ष राईले बताए । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउदै सडक स्तर उन्नती र पर्यटन क्षत्रलाई विषेश प्राथामिकतामा राखिएको प्रमुख प्रशासकीय अधिृकत सन्तोष पोखरेलले बताए ।
केन्द्र सरकार र प्रदेश सरकारबाट आउने बजेट कटौती हुँदा योजना सञ्चालन तथा व्यावस्थापनमा असहजता भएको गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बताए । सिमित बजेटमा पनि स्थानीयका अधिकतम आवश्यकतालाई समेट्ने कोशिस गरिएको अध्यक्ष राईको भनाइ छ । गाउँपालिका भित्रका नयाँ सडक विस्तारको काम भने बन्द गरिएको अध्यक्ष राईले जानकारी दिए । सभाले विनियोजन विद्येयक २०७९ र आर्थिक संधोधन विद्येयक बहुमतले पारित गरेको छ ।