षडानन्दको ओठौँ नगरसभा सम्पन्न, ८५ करोड बराबरको वजेट पारित


भोजपुर, ९ असार । भोजपुरको षडानन्द नगरपालिकाका आर्थिक वर्ष २०८०/0८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले आठौँ नगरसभा मार्फत वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले ८५ करोड १७ लाख ९९ हजार बराबरको बजेट पारित गरेको छ । सभाले प्रशासकीय भवन निर्माणमा ९० लाख, दिंला सतिघाट सडक सात करोड विनियोजन गरेको छ । त्यस्तै सभाहल निर्माण, कृषि, पूर्वाधार लगाएतमा प्राथमिकताका साथ बजेट विनियोन गरिएको प्रशासकीय अधिकृत विनोदकुमार भण्डारीले जानकारी दिए ।

नगरसभाले सशर्त अनुदान र विषयगत बजेट गरी ८५ करोड १७ लाख ९९ हजार बराबरको बजेट पारित गरेको छ । सभाले चालुतर्फ ४७ करोड ९९ लाख ८९ हजार र पुँजीगत तर्फ २६ करोड १८ लाख १० हजार र सामाजिक सुरक्षातर्फ रु ११ करोड बजेट विनियोजन गरेको हो । नगर प्रमुख सुरेन्द्रकुमार उदासले नगरको वार्षिक निति तथा कार्यक्रम र उप–प्रमुख प्रमिला राईले वार्षिक बजेट प्रस्तुत गरेकी हुन् । सिमित श्रोत र साधनका बीच पनि नगरको आवश्यकता अनुसारको बजेट निर्माण गरिएको नगर प्रमुख उदासले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार