पौवादुङमा गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न, ३९ करोड बराबरको बजेट सार्वजनिक


भोजपुर, ९ असार । पौवादुङमा गाउँपालिकाको १३औँ गाउँसभा शनिबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँसभा मार्फत ३९ करोड नौ लाख नौ हजार नौ सय रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । सभा मार्फत चालु तर्फ २७ करोड ३० लाख ७४ नौ सय र पुँजीगत तर्फ ११ करोड ७८ लाख ३५ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सार्वजनिक गरेकी हुन् । बजेटमा फुसको छानो हटाउने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्दै खानेपानी र कृषि क्षेत्रको विकासमा बढी बजेट विनियोजन गरिएको उपाध्यक्ष राईले जानकारी दिइन् ।

सभाले विनियोजन विद्येयक २०७९ र आर्थिक संधोधन विद्येयक सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । त्यस्तै पौवादुङमा गाउँपालिकाको खानेपानी विद्येयक २०८० सभा समक्ष प्रस्तुत गरिएको उनले बताए । सो विद्येयक छलफल पश्चात आगामी बैठकबाट पारित हुने प्रशासकीय अधिकृत भट्टराई भनाइ छ ।

गाउँपालिकाको श्रोत अधिकतम उपयोग गर्दै जनताको अपेक्षा अनुसारको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गाउँपालिकामा आएको बजेटको आकार ठुलो देखिएपनि पुँजीगत बजेट भने थोरै हुने उनको भनाइ छ ।‘यहाँको आवश्यकता र औचित्यको आधारमा वजेट तयार गरिएको छ’’ अध्यक्ष राईले भने,‘हेर्दा बजेटको आकार ठुलो देखिन्छ । सामाजिक सुरक्षा,शिक्षक कर्मचारीको तलब तथा लक्षित वर्गलाई बजेट विनियोजन गर्दा विकास बजेट थोरै मात्र हुन्छ । यो वर्ष ११ करोड बराबर मात्र पुजीगत बजेट रहेको छ ।’

यो वर्ष विगतका वर्षका कामलाई निरन्तरता दिँदै थप नयाँ कामको लागि पनि बजेट विनियोजन गरेको उनको भनाइ छ । कृषि क्षेत्रको विकासका लागि थप योजनाबद्ध रुपमा काम गरिने अध्यक्ष राईले जानकारी दिए । बाँझो जमिनमा खेती गर्न चाहनेलाई थप प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राईले बताए । गाउँपालिकालाई फुसको छानोमुक्त बनाउने लक्ष्यले यो वर्ष एक करोड बजेट विनियोजन गरिएको अध्यक्ष राईले बताए । त्यस्तै खानेपानीको समस्या समाधन गर्न ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार