संघीय सरकारको निर्णयले पौवादुङमाको पाँच करोड बजेट काटिने अवस्था छ : अध्यक्ष किरण राई


भोजपुुर, २४ बैशाख । पौवादुङमा गाउँपालिकाले स्थानीय तहमा आएको बजेट कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । । संघीय सरकारमार्फत गाउँपालिकामा आउने वित्तिय समानिकरण तर्फको ५० प्रतिशत बजेट कटौती हुनेभएसँगै गाउँपालिकामा सञ्चालित योजनाहरु अलपत्र हुने भन्दै गाउँपालिकाले बजेट कटौति नगर्न आग्रह गरेको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै पौवादुमाङमा गाउँपालिका अध्यक्ष किरण राईले गाँउपालिकामा आएको बजेट कटौति नगर्न अपिल गरेका छन् । पत्रकार सम्मेलन मार्फत अध्यक्ष राईले भने,‘ केन्द्र सरकारको बजेट कटौतीको निर्णय जनहित विपरित छ’’ अध्यक्ष राईले भने,‘ यो निर्णयले यहाँका मात्र नभएर देशभरका जनताको विकासको विपक्षमा छ । यो निर्णय कार्यान्वयन नगर्न सरकारसँग माग गर्दैछौँ । काम सकिएका योजनाको भुक्तानी दिने बेलामा बजेट रोक्नु भनेको निन्दणीय छ। ’

गाउँपालिकाका धेरै जसो योजनाहरु सम्पन्न हुने चरणमा रहेकाले बजेट रोकिय ती योजना अलपत्र पर्ने तथा रकम भुक्तानी गर्न नसक्दा गरिब मज्दुर मार्कामा पर्न अध्यक्ष राईको भनाइछ ।

अध्यक्ष राईले भने ‘गाउँपालिकामा सञ्चालित सम्पस्र्ण योजनाहरु समयमानै सम्झौता भएर काम भईरहेका छन् । काम सम्पन्न भएका ९० प्रतिशत भन्दा बढी योजनाहरुको भुक्तानी मेत भई सकेको छ । बाँकी योजनाहरुको काम अन्तिम चरण पुगेकाले रकम नआएमा उपभोक्ता समिति तथा मज्दुरहरुको भुक्तानी रोकिने तथा सञ्चालित योजनासमेत अलपत्र हुने अवस्था छ । यो अवस्थामा आएर विकास बजेट रोक्का नगर्न केन्द्र सरकारसँग माग गर्दछु ।’

बजेट कटौतीको विषयमा गाउँपालिका महासंघ तथा नगरपालिका महासंघलाई नेतृत्वदायी भूमिका खेल्ुन पर्ने अध्यक्ष राईको भनाइ छ । ‘योजनाका बजेट कटौती हँुदा स्थानीय सरकारले सञ्चालन गरेका सम्पूर्ण विकास निर्माणका योजना अलपत्र बन्ने अवस्था छ । यी कामलाई निरन्तरता दिन सम्पूर्ण स्थानी तह एकजुट भएर लाग्न आवाश्यक छ । यो कदम विरुद्ध आवश्यक परे खेल्न पौवादुङमा गाउँपालिका नेतृत्वदायी भूमिका खेल्न तयार छ । कुनैपनि हालतमा स्थानीय तहमा आएको रकम कटौती हुनु हुदैन ।’

राजस्व बाँडफाँड तथा वित्तिय समानिकरण तर्फको रकम कटौती गर्दा पौवादुङमा गाउँपालिकाको मात्र पाँच करोड बढी रकम कटिने अध्यक्ष राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार