भोजपुर २१ बैशाख । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं.-८ को कार्यालयमा विद्युत् सेवा सुचारु भएको छ । वडा कार्यालयको पहलमा कार्यालयमा पहिलो पटक विद्युत सेवा सञ्चालन भएको हो । विद्युतको एक कार्यक्रमका बीच वडाध्यक्ष बाचकुमार राईले उद्घाटन गरेका छन् । कार्यालयमा विद्युत जडान भएपछि वडाबाट हुने सेवा प्रबाहमा समेत सहज भएको वडाध्यक्ष बाच कुमार राईले बताए । वडाध्यक्ष राईले भने ‘यो मैले पदभार ग्रहण गर्दानै गरेको प्रतिबद्धता हो, मैले निर्वाचनको बेला जनता सामु गरेको प्रतिवद्धताहरु क्रमिक रुपमा पुरा हुने क्रममा छन्, अहिले वडा कार्यालयसम्म विद्युत विस्तार भएको छ । अवको तीन वर्ष भित्र वडाका सम्पूर्ण घरधुरीहरुमा विद्युत विस्तार गरिसक्ने योजनाका साथ काम भईरहेको छ ।’
विद्युत नहँुदा सानो कामको लागि पनि गाउँपालिका केन्द्र धाउनु पर्ने वाध्यताको अन्त्य भएको उनको भनाइ छ । विद्यु्त विस्तारलाई पहिलो प्राथामिक्तामा राखेर जनताको जनजिविकासंग जोडिएको कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी यातयात जस्ता कुरामाजोड दिदै निर्वाचन ताका जनतासंग गरेका प्रतिबद्धताहुरु पुरा गर्ने राईको भनाइ छ ।