भोजपुर १० वैशाख । पौवादुङमा गाउँपालिकाका ११ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गाउँपालिकाका ३२ ओटा विद्यालयका कक्षा १ देखी ५ र इसिडिका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीहरुलाई पेन्सिल, कटर कापी लगाएतका सामग्री प्रधानाध्यपक मार्फत वितरण गरिएको हो । सवै विद्यालयबाट विद्यार्थीहरुको छनौट गरेर शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । बालवालिकाहरुलाई पठन पाठनमा लगनशिलता बढाउन तथा उनीहरुलाई अध्ययनप्राति हौसला प्रदान गर्ने लक्ष्यले शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकामा भित्रका विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योजनाबद्ध रुपमा काम गरिरहेको उनको भनाइ छ । ‘शैक्षिक क्षेत्रको सुधारको लागि गाउँपालिकाले योजनाबद्ध रुपमा काम गर्दै आएको छ ’’ अध्यक्ष राई भने,‘‘ हामीले विभिन्न समयमा विद्यालय तथा विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्दै आएका छौँ । त्यसैको निरन्तरता स्वरुप आज विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हौँ ।’
पौवादुङमाका ११ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
-
Video Documentary Gharelu Office
-
पूर्वमुख्यमन्त्री राईले हेर्ने कथाका पात्र प्रकाशलाई प्रदान गरे जग्गा