भोजपुर, ५ चैत्र । यहाँको टेम्केमैयुङ गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । रु.दश लाख बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाईटी मार्फत एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाबाट विनियोजित रकमबाट नेपाल सरकारको राजस्व छुटमा एम्बुलेन्स ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए । सञ्चालनका लागि गाउँपालिकाले थप आवश्यक सहयोग गर्नेसमेत उनको भनाइ छ ।
‘गाउँपालिकाको सहयोगमा एम्बुलेन्स सेवा सुरुवात गरेका हौँ’प्रशासकीय अधिकृत न्यौपानेले भने,‘‘यसको सञ्चालनको कार्यविधि तयार गरेर यहाँका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने हाम्रो लक्ष्य छ ।यसले नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच विस्तार हुन्छ ।’
स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवाको विस्तार गर्न एम्बुलेन्स सेवा सुरु गरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिए । विरामी हुँदा,स्टेचर तथा डोकोमा बोकेर लैजानु पर्ने बाध्यतालाई ध्यानमा राखेर सेवा सुचारु गरिएको उनको भनाइ छ । एम्बुलेन्स सञ्चालनले महङ्गोेमा भाडाका सवारी साधन रिजर्भ गर्नु पर्ने स्थानीयको बाध्यतासमेत हट्ने उनले बताइन् ।
‘स्थानीय नागरिकलाई सहज सेवा प्रदान गर्न एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छौँ’ उपाध्यक्ष राई भनिन्,‘ । एम्बुलेन्स सेवा नहँुदा यहाँका नागरिकलाई धेरै नै सास्ती थियो । कार्यविधि तयार गरेर सुत्केरी, असक्त तथा ज्येष्ठ नागरिकहरुलाई छुटको व्यवस्था गर्ने हाम्रो सोच छ । नागरिकहरुको लागि अति नै आवश्यक रहेकोले सञ्चालन पहल गरेका हौँ ।’
गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकहरुमा आधारभूत सेवा पु¥याउनको लागि चार ठाउँमा आधारभूत स्वास्थ्य इकाई स्थापना गरेर सञ्चालनमा ल्याएकोसमेत उपाध्यक्ष राईले बताइन् ।
गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवाले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । आवश्यक कार्यविधि तयार गरेर सोहि आधारमा नागरिकलाई सेवा प्रदान गर्ने अध्यक्ष बस्नेतको भनाइ छ । एम्बुलेन्स सञ्चालनको दिगो आर्थिक श्रोत व्यवस्थापनको लागि रेडक्रस मार्फत डाली कोष सञ्चालनमा ल्याएको उनको भनाइ छ । डाली कोषमा सहयोग गर्न आग्रह गर्दै आफुले रु.२५ हजार सहयोग गरेको अध्यक्ष बस्नेतले बताए ।
‘रेडक्रस मार्फत सञ्चालन हुने गरी एम्बुलेन्स सेवा गाउँपालिकामा सुरु गरेका छौँ’ अध्यक्ष बस्नेतले भने,‘यसको सञ्चालन कार्यविधि तयार गरेर नागरिकलाई सेवा प्रदान गर्ने सोच छ । कस्तो तरिकाबाट सञ्चालन गर्ने भन्ने विषयमा छलफल गछौँ । गाउँपालिकाले नागरिकलाई सहज सेवा पु¥याउनको लागि काम गरिरहेका छ । ’