पौवादुङमाको शितलादेवी प्राविका २५ जना विद्यार्थीलाई पोसाक वितरण


भोजपुर, २१ फागुन । पौवादुङमा गाउँपालिका-२ हाबुको शितलादेवी प्राविका २५ जना विद्यार्थीलाई कपडा वितरण गरिएको छ । नेपाल प्रहरीका भूतपूर्व साहयक निरीक्षक मन्तोष खत्रीले कपडा वितरण गरेका हुन् । पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईको प्रमुख आथित्यतमा भएको कार्यक्रम मार्फत विद्याथीहरुलाई कपडा वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले विद्यालयका बालबालिकाको हितको लागि गरिएको काम प्रशंसायोग्य रहेको बताए । आगमी दिनमासमेत गाउँपालिकाको शैक्षिक उन्नयनमा सहयोगको गर्नको लागि आग्रह गरे ।‘यहाँको शैक्षिक विकासको लागि गरिएको यो काम प्रशंसायोग्य छ’अध्यक्ष राईले भने,‘यो कामको लागि उहाँलाई गाउँपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’’

त्यस्तै सोहि विद्यालयमा व्रिटिस लाहुेर कृष्ण राईले करिव एक करोड लागतमा भवन निर्माण गरिरहेको भन्दै अध्यक्ष राई खुसी प्रकट गरे ।

‘यहाँ कृष्ण राईको पहलमा विद्यालय निर्माण भईरहेको छ’’उनले भने,‘विद्यालयको भौतिक विकासमा खेल्नु भएको कामको गाउँपालिका मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छ । आगामी दिनमासमेत सहयोगको अपेक्षा गाउँपालिकाले गरेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार