साल्पासिलिछो गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


भोजपुर, १७ फागुन । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको आर्थिक बर्ष २०७९ ÷०८० को (अर्धवाषिक) पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र चौकी डाँडामा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गरे ।

गाउँपालिकाले यो अवधिसम्म चालु तर्फ ४० दशमलव ४४ र पुँजीगत तर्फ १७ दशमलव ७३ प्रतिशत बजेट खर्च गरेको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । कार्यक्रममा स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिँदै गाउँपालिका अध्यक्ष दौलथ कुलुङले गाउँपालिका यहाँको सबै क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिएको बताए । स्थानीय नागरिकबाट आएका सल्लाह सुझावले गाउँपालिकाको आगामी दिनका योजनालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने उनले बताए ।

स्थानीय उठाएका प्रश्नहरुको अध्यक्ष दौलथ कुलुङ उपाध्यक्ष अस्मिता राई , प्रशासकीय मादव कुमार अधिकारी , वडाध्यक्षहरु तथा विषयगत कार्यालयका प्रमुखहरुले जवाफ दिएका थिए । यसै बीच राष्ट्रपती रनिङसिल प्रतियोगितामा सफल हुने खेलाडीहरुलाई गाउँपालिकाले सम्मान पत्र मार्फत सम्मान समेत गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार