
भोजपुर, ६ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिका, गाउँ सभाको १२ औं अधिबेशन सुरु भएको छ । ‘खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्ति सुरक्षा र शिक्षा पौवादुङमाबासीहरुलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने मुल नाराका साथ गाउँसभा सुरु भएको हो । गाउँ सभाले गाउँपालिकाको आर्थिक संसोधन विधेयक र विनियोजन संसोधन विधेयक २०७९ पारित गरेको छ । गाउँपालिका अध्यक्ष किरण राईको सभा अध्यक्षतामा सुरु भएको गाउँ सभामा विभिन्न विषय गत समितिहरुले प्रतिवेदन समेत पेश गरेका छन् । त्यस्तै गाउँ सभा मार्फत एक करोड १५ लाख बरावरको संसोधित बजेट पारित भएको प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले जानकारी दिए । गाउँसभा फागुन ८ गते विहान ८ बजे सम्मका लागि स्थगित भएको उनको भनाइ छ ।