प्रोगेसिभ इन्जिनियर्स यसोसियशन नेपाल (पिन) भोजपुरको अध्यक्षमा घिमिरे सर्वसम्मत चयन


भोजपुर, २२ माघ । प्रोगेसिभ इन्जिनियर्स यसोसियशन नेपाल (पिन) भोजपुरको अध्यक्षमा सोभित घिमिरे सर्वसम्मत चयन भएका छन् । शनिबार भएको दोश्रो जिल्ला अधिवेशन तथा बृहत जिल्ला भेलाले अध्यक्षमा घिमिरेसहित सात सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो ।
समितिको सचिवमा रामकुमार तामाङ, कोषाध्यक्ष, कौसल बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा विपिन सुवेदी, उमेश यादव, दिव्यराज अधिकारी र सन्जिव घिमिरे चयन भएका छन् । एमाले जिल्ला कमिटी सचिव तथा पौवादुङमा गाउँपालिका अध्यक्ष किरणको राईको प्रमुख आथित्यतामा भएका कार्यक्रमको विषेश अथिति एमाले सचिवालय सदस्य तथा पौवादुङमा गाउँपालिका उपाध्यक्ष जोत्सना राई, पिन प्रदेश १ उपाध्यक्ष काजीमान विक र डिन भोजपुरका सचिव रुद्र फुयाल रहेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति किरण राईले देश निर्माणमा इन्जियरहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै आफ्नो पेशालाई मर्यादित ढंगले अघि बढाउनु पर्ने धाराणा राखे । ‘यो देशको विकासमा तपाई इन्जिनियरहरुको महत्वपूर्ण भूमिका छ ’ उनले भने, ‘आफ्नो कामलाई जनमुखी, विस्वसनिय र मर्यादित बनाएर अघि बढ्न आवश्यक छ । यसले तपाईहरुको पेशागत विकासमा थप टेवा पुग्छ । ’
कार्यक्रममा बोल्दे पिनका प्रदेश १ उपाध्यक्ष काजीमान विकले इन्जिनियरहको हक अधिकार स्थापित गर्नका लागि संठगित भएर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार