भोजपुर, ३० पौष । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरेर न्यानो कपडा वितरणसँगै निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका जेष्ठ नागरिकलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको हो ।
यहाँका ७१ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको गाउँपालिकाले जनाएको छ । चिसो बढेकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर न्यानो कपडा वितरण गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए । ‘जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर न्यानो कपडा वितरणसँगै स्वास्थ्य शिविर गरेको हौँ’ अध्यक्ष राईले भने, ‘ जेष्ठ नागरिकको सम्मानको लागि कार्यक्रम गरिएको हो । यसले उहाँहरुमा खुसीयाली छाएको छ ।’
आँखा तथा कान उपचार केन्द्रसँगको समन्वयमा भएको शिविर मार्फत १०१ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविर मार्फत आँखाको मोतियाबिन्दुको शल्यक्रिया लागि ३५ जनालाई छनोट गरिएको छ । त्यस्तै ३० जनालाई चस्मा वितरण गरिएको छ ।