भोजपुर, २४ मंसिर ।
अरुण डाँडा(छिन्तालुङ) महोत्सबको आज (शनिबार) तेस्रो दिन राष्ट्रिय कलाकारहरुको भव्य प्रस्तुति रहने भएको छ । महोत्सवमा शम्भु राई, सुनिता थेगिम लगाएतका कलाकारहरुको बेजोड प्रस्तुति रहने अरुण डाँडा पर्यटन प्रवद्र्धन समितिका सचिव सरोज चाम्लिङ राईले जानकारी दिए ।
आज दिउँसो ३ बजेबाट कलाकारहरुको प्रस्तुति रहने सचिव चाम्लिङको भनाइ छ । महोत्सबमा कुनै पनि टिकट व्यवस्था नरहेकोले निःशुल्क रुपमा मनोरञ्जन लिन सकिने आयोजकले जनाएको छ ।
महोत्सवको आकर्षणको रुपमा रोटे पिङ लगाएत विभिन्न खेलहरु भईरहेका छन् ।महोत्सवमा पुग्नेहरुले स्थानीय खानाको परिकार स्वाद लिदै विभिन्न स्टलहरुसमेत अवलोकन गर्न सक्नेछन् ।
‘‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा वाह्य पर्यटन महोत्सव’’ भन्ने मूल नारासहित मंसिर २२ गतेबाट अरुण डाँडा महोत्सव –२०७९ को शुरुवात गरिएको हो । महोत्सब छ दिनसम्म अर्थात मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव पौवादुङमा गाउँपालिकाको मुख्य प्रायोजनमा शुरु भएको हो ।