टेम्केमैयुङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न -फोटो फिचर सहित


भोजपुर, १९ मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिको केन्द्र अन्नपूर्णमा लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको हो । ¥यालीपछि गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा यहाँको नौ ओटै वडाका स्थानीयहरुको सहभागिता रहेको थियो ।


सहभागीहरुलाई समाजमा भईरहेको लैङ्गिक हिंसाका बारेमा जानकारी दिनुका साथै हिंसा भएमा कसरी कानूनी उपचार खोज्ने भन्ने विषयमा जानकारी दिइएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा हुने हिंसा न्यूनिकरण गर्नमा सबैले भूमिका खेल्नु पर्ने धारणा राखे ।


कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रमादेवी राईले न्यायिक समितिमार्फत यस्ता न्यूनीकरणमा गाउँपालिकाले भूमिका खेलिरहेको बताइन् । स्थानीयमा सचेत बनाउन विभिन्न खाले सचेतनामूलक कार्यक्रमसमेत गाउँपालिकाको तर्फबाट सञ्चालन गरिरहेको उनको भनाइ छ ।
‘हामीले लैगिक हिंसा रहित समाज निर्माणका लागि विभिन्न काम गरिरहेका छौँ’ उपाध्यक्ष राईले भनिन्‘तर समाजमा अझैपनि समाजमा घरेलु हिंसाहरु भईरहेका छन् । यस्ता अभियानहरु महिलाको मात्र भन्ने बुझाई पनि देखिएको छ । यो गलत हो । यस्ता अभियानमा सबैले एक भएर जुट्न आवश्यक छ ।’


कार्यक्रममा इलाका प्रहरी अन्नपूर्णका असई चन्द्र बहादुर खड्काले विभिन्न खाले हिंसासँगै हिंसा भएमा हुने कानुनी उपचारको बारेमा सहभागीहरुलाई जानकारी दिए । त्यस्तै पूर्वाञ्चल विश्व विद्यालयबाट आएका कानुन अध्यायनरत विद्यार्थीहरु उषा विश्वकर्मा र पवन यादवलेसमेत घरेलु हिंसाको बारेमा जानकारी गराएका थिए ।


त्यस्तै १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा कविता बाचनसमेत गरिएको छ । टेम्केमैयुङ गाउँपालिकाकासहायकस्तरका कर्मचारी लिलाप्रसाद पराजुलीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार