पौवादुङमाले गर्याे पूर्व प्रमुख प्रशासकीय तथा कार्यकारी अधिकृतलाई सम्मान


भोजपुर, २ साउन । पौवादुङमा गाउँपालिकाले पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा कार्यकारी अधिकृतलाई सम्मान गरेको छ । गाउँपालिकामा रहेर गरेको योगदानको कदर गर्दै पूर्व प्रमुख प्रशासकीय अधिकृत रमेश राई र पूर्व निमित्त कार्यकारी अधिकृत सालिकराम कोईरालालाई सम्मान गरेको हो । समृद्ध गाउँपालिका निर्माण उहाहरुले पुर्यायको योगदानको कदर गर्दै सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

अध्यक्ष राईले भने ‘हामीले राम्रो काम गर्ने पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा कार्यकारी अधिकृतलाई सम्मान गरेका छौँ । यसले राम्रो काम गर्ने कर्मचारीलाई काम गर्ने थप उर्जा मिल्ने छ, आगामी दिनमा गाउँपालिकाका कर्मचारी, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा राम्रो काम गर्ने शिक्षक तथा कर्मचारीलाई कार्य सम्पादनको आधारमा सम्मान गर्ने छौ ।’

राम्रो काम गर्ने कर्मचारीलाई सम्मान गर्न गाउँपालिकाले नितिनै तयार गरेरै काम गरिरहेको अध्यक्ष राईले बताए । अध्यक्ष राईले भने ‘हामी जन प्रतिनिधीहरु शासक होईन जनताको सेवक हुने छौ भन्ने धेयका साथ कमा गरिरहेका छौ, हामी सवै जन प्रतिनिधी तथा कर्मचारीको उदेश्य भनेको नै जनताको सेवो गर्नु हो, त्यसैले राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्ने तथा गाउँपालिकाको विरुद्धमा लाग्ने जो कोहीलाई दण्ड गरिने छ ।’

सम्मान कार्यक्रमले कर्मचारीहरुमा काम गर्न थप हौसला मिल्ने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताईन् । उपाध्यक्ष राईले भनिन् ‘कर्मचारीको मनोवल उच्च राख्न तथा उहाँहरुले गरेको कामको मुल्याङकन गर्दै गाउँपालिकाले सम्मा गरेको छ यसले उहाँहरुमा काम गर्ने थप उर्जा मिल्ने गाउँपालिकाले आशा लिएको छ ।’

राम्रो काम गर्ने व्यक्तीलाई प्रोत्साहन गर्ने उदेश्यले गाउँपालिकाले उहाँलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताए ।’

गाउँपालिकाले गरेको यो सम्मानले आफुलाई काम गर्ने थप उर्जा मिलेको पूर्व प्रमुख प्रशासकीय अधिकृत रमेश राईले बताए । अधिकृत राईले भने ‘हामीले गरेको कामको सम्मान गरिदिनु भएकोमा गाउँपालिका अध्यक्ष तथा सिंगो पौवादुङमा गाउँपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ त्यस्तै विगतमा गरेको कामको मुल्याङकन गर्दै गाउँपालिकाले गरेको सम्मानले थप काम गर्ने हौसला मिलेको गाउँपालिकाका पूर्व निमित कार्यकारी अधिकृत शालिकराम कोईरालाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार