भोजपुर, १९ असार । भोजपुरको पौवादुङमा गाउँपालिका जिल्लाकै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा भएको छ । जिल्लाका नौ ओटा स्थानीय तह मध्ये यो गाउँपालिका खोप सुनिश्चता भएको पहिलो गाउँपालिका बनेको छ । १६ महिना देखि २३ महिनासम्मका बच्चाहरुले ११ प्रकारका खोप लिएकाले गाउँपालिकालाई खोप सुनिश्चितता स्थानीय तहघोषणा गरिएको हो । १४३ जनाको घरमा नै पुगेर वालबालिकाको खोपको अवस्थाको बुझ्दा खोप लगाएको पाईएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र कुमार उपाध्यायले जानकारी दिए ।
प्रमुख उपाध्यायले भने, ‘ हाम्रो गाउँपालिका जिल्लामा नै पहिलो खोप सुनिश्चितता स्थानीय तह बनेको छ । तोकिएको मापदण्ड पुरा भएकोले घोषणा गरेका हौँ । यसलाई हाम्रो स्वास्थ्य क्षेत्रको लागि निकै राम्रो उपलब्धीको रुपमा लिएका छौँ ।’
घोषणा कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष किरण राईले नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवा पु¥याउन प्राथमिकताका साथ काम गरिरहेको बताए ।अध्यक्ष राई भने, ‘ हाम्रो गाउँपालिकालाई पहिलो पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गर्न सफल भएका छौँ । यो हाम्रो लागि निकै ठुलो उलब्धी हो । हाम्रा नागरिकहरुलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको छ । हामीले नीति तथा कार्यक्रममा नै भनेका छौँ सुत्केरी तथा गर्भवती महिला,नवजात शिशुलाई बाहिरका अस्पतालमा लैजदा निःशुल्क एम्बुलेन्स सेवा दिन्छौँ । त्यस्तै यस कार्यमा निकै मेहनतका साथ खटेर गाउँपालिकालाई यो सफलता हासिल गराउन भूमिका खेल्नु हुने सम्पूर्ण स्वास्थ्य कर्मी तथा कर्मचारीलाई धन्यवाद दिन चाहन्छु । ’ पौवादुङमा गाउँपालिका कार्य सम्पादन मुल्याङकनमा प्रदेशमा एकमा पहिलो भएको गाउँपालिका हो ।