पौवादुङमाले सबै पक्षको सुझावको आधारमा बजेट ल्याउदै

अध्यक्ष भन्छन् : मेरो नजरमा कोहि वरपर छैन, मैले समृद्ध गाउँपालिका निर्माण गर्न जनताको नोकर भएर काम गर्ने हो ।


भोजपुर, ६ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले जनभावना अनुसारको बजेट निर्माण गर्न सरोकारवाला पक्षसंग छलफल चलाएको छ । जनताको इच्छा, आकांक्षा र आवश्यकतालाई समेटेर कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ सवै वर्ग, क्षेत्र र समुदायको सुझाव संकलन गरेर योजनाहरुको बाडफाँड गर्ने गाउँपालिकाले जनाएको छ ।
वडा कार्यालयले टोलस्तरमा योजनाको छनोट गरिरहेको भएपनि त्यसलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले यहाँका क्रियाशिल राजनितिक दल, शिक्षक, कर्मचारी, बुद्धीजिवि विभिन्न क्षेत्रका अगुवाहरुसंग चरण चरणमा छलफल तथा परामर्श लिएर यस वर्षको कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

साथै गाउँपालिकाको बृहतर विकासका लागि यहाँका सबै क्षेत्रको गहन रुपमा अध्यायन गरेर नमूनायोग्य काम गर्ने उद्धेश्य रहेको अध्यक्ष राईको भनाइ छ ।
अध्यक्ष राईले भने,‘ अहिले हामी कसरी हाम्रो कामलाई अझ जनमुखी बनाउन सकिन्छ भन्ने कोणबाट काम गरिरहेका छौँ । निर्वाचनमा म एउटा पार्टीको उम्मेदवारको रुपमा उभिएपनि जितेर आएपछि म साझा मान्छे हो । म सवै पक्षको भावाना समेटर लैजाने गरी योजना सञ्चालन गर्ने तयारीमा छु । यहाँको सवै पक्षसंग छलफल गरिसकेका छौँ । उहाँहरुको सल्लाह, सुझाव र उत्प्रेरणा अनुसार योजनाहरु अघि बढ्छन् । निर्वाचनको बेला जनतालाई दिएको प्रतिबद्धता अनुसार जनताको सेवक भएर काम गर्ने छु ।’

जनताले आफूलाई दोश्रो पटक पनि सेवा गर्ने अवसर दिएकाले जनताको इच्छा विपरित कुनै पनि काम नगर्ने अध्यक्ष राईको भनाइ छ । पौवादुङमाको भूगोल र माटो सुहाउदो योजनाहरु सञ्चालन गरेर नमूना गाउँपालिका बनाउने अभिभरा आफ्नो काधमा रहेको उनको भनाइ छ । ‘पौवादुङमालाई समृद्ध बनाउने अभिभारा जनताले मेरो काधमा सुम्पिनु भएको छ । मैले उहाँहरुको आशालाई पुरा गर्नुछ । उहाँहरुको भावाना कसरी समेट्न सकिन्छ भन्नेमा गाउँपालिकाको पूर्णरुपमा ध्यान गएको छ । यहाँको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सडक विस्तार, भौतिक निर्माण लगाएतका काम तिव्रगतिमा बढिरहेका छन्’ अध्यक्ष राईले भने ।

गाउँपालिकाको विकास निर्माण तिव्रगति भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले जानकारी दिए । अहिले विषयगत समितिसंग छलफल गरेर योजना तथा कार्यक्रमको अन्तिम तयारीमा जुटेको उनको भनाइ छ । प्रशासकिय अधिकृत भट्टराईले भने,‘ यो समयसम्म आउदा हाम्रो गाउँपालिकाको भौतिक प्रर्गती ९५ प्रतिशत बढी सकिएको छ । निर्वाचनले काममा केहि बाधा पुग्यो यदपी हामी सवै कार्यक्रमलाई समयमा सम्पन्न गछौँ । त्यसको लागि कर्मचारी, जनप्रतिनिधि सबै पक्ष एक जुट भएर लागेका छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार