भोजपुर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


भोजपुर ४ जेष्ठ ।भोजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कैलाशकुमार आले विजयी भएका छन् । उनी नेकपा ९एमाले०का भरतकुमार तामाङलाई ५१५ मतले पराजित गर्दै दोस्रो पटक मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित आलेले ५ हजार ६१५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का तामाङले ५ हजार १०० मत ल्याएका थिए ।

उपमेयरमा एमालेकी निर्मला शेर्पा विजयी भएकी छन् । उनले रुख चिन्हबाट उम्मेदवारी दिएकी नेकपा ९एकीकृत समाजवादी०की ममिता राईलाई पराजित गरेकी हुन् । शेर्पाले ५ हजार ५०० र निकटतम प्रतिद्वन्द्वी राईले ५ हजार १३३ मत प्राप्त गरे ।

नगरपालिकाका १२ वडामध्ये २,३,४,५,७, ९, १०, ११ र १२गरी ८ वटा वडामा कांग्रेस, वडा नम्बर १ माओवादी र वडा नम्बर ६, ८ र ९ गरी वडामा एमाले विजयी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार