दोश्रो पटक पौवादुङमामा अध्यक्षको नेतृत्व पाउने को हुन् किरण राई


भोजपुर, २ जेष्ठ । दोश्रो पटक पनि पौवादुङमा गाउँपालिकाको नेतृत्व गर्ने अवसर किरण राईले नै पाएका छन् । अघिल्लो कार्यकालमा जनमुखी काम गरेर उदाहरणिय बनेका राईलाई पौवादुङमाका जनताले पुनः सेवा गर्ने अवसर दिएका छन् । जनतामा लोकप्रिय छवि बनाएका राई आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै बिजयी बनेका हुन् । राई दुई हजार ४९९ मत ल्याएर विजयी बनेका छन् । उनले काङ्गेसका उम्मेदवारलाई एक हजार १२८ र माओवादी केन्द्रका उम्मेदवारलाई ८११ मतलेपछि पार्दै विजयी बनेका हुन् । राईका प्रतिस्पर्धी काङ्ग्रेसका टेकनरसिंह कार्कीले एक हजार ३७१ र माओवादी केन्द्रका नगेन्द्र भुजेलले एक हजार ६८८ मत ल्याएका छन् ।

उदयमान, कर्मठ प्रभावशाली एमाले युवा नेताका रुपमा सानो उमेरमा स्थापित नाम हो किरण राई । पौवादुङमा गाउँपालिका वडा नं ३ च्याङग्रेको औलियामा २०४२ सालमा आमा महिन्द्रकुमारी राई र बाबा काजी राईको जेठो सुपुत्रको रुपमा राईको जन्म भएको हो । २०७४ सालको निर्वाचनमा भोजपुरका स्थानीय तहको कान्छो जनप्रतिनिधिको रुपमा अध्यक्षमा जित हासिल गरेका राई दोश्रो पटक पनि पौवादुङमा गाउँपालिकाको अध्यक्षमा विजयी बनेका हुन् । राई आफ्नो योग्यता र क्षमतालाई थप उजागर गर्न सफल भएका छन् ।

यस अघिको निर्वाचनमा स्पष्ट बहुमत नहुँदा जनताको काम गर्न समस्या भएको बताउदै आएका राई अहिले भने बहुमतका साथ अध्यक्षको जिम्मेवारीमा निर्वाचित भएका छन् । ३६ वर्षकै उमेरमा देशको सशक्त र ठुलो पार्टी एमालेको जिल्ला सचिवसमेत रहेका छन् । सानो उमेरबाट नै राजनितिमा चाँसो राख्ने राई गाउँ तह तथा स्थानीयस्तरमा पार्टीको विभिन्न पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेर अघि बढेका हुन् ।

२०६१÷६२ सालमा अनेरास्ववियू तथा युवा संघमा काम गर्दै राजनितिमा प्रवेश गरेका राई हाल एमाले जिल्ला सचिव बनेका हुन् ।

राई एमालेको चिवतनमा भएको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि र काठमाण्डौमा भएको प्रथम विद्यान महाधिवेशन प्रतिनिधि बनिसकेका छन् । एमालेको काठमाण्डौमा नै भएको नवौं महाधिवेशनमा देशको सबै भन्दा कान्छो महाधिवेशन प्रतिनिधि बनेका राई प्रदेश समन्वय परिषदका सदस्य पनि हुन् । मदन भण्डारी स्पोर्ट एमेडेमीको अध्यक्षको जिम्मेवारी पुरा गरी सकेका राई पूर्वाञ्चल क्षत्रीय भलिबल रेफ्रीसमेत हुन् ।

२०६४ र २०७० सालको निर्वाचनमा युथफोर्सको उप प्रमुखको हैसियतले दुई नम्बर क्षेत्रमा पूर्व सूचना तथा सञ्चार मन्त्री एंव पूर्व मुख्यन्त्री शेरधन राईलाई जिताउन चुनावी कमाण्ड सम्हालेका राई एक प्रखर र स्पष्ट वक्ता मानिन्छन् । आफैले अध्यायन गरेको पञ्चकन्या माध्यमिक विद्यालय च्याङ्ग्रेको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा प्रतिस्प्रधिलाई फराकिलो मतान्तरले हराएसँगै आफूले चुनावी अनुभव बटुलेकोसमेत राईले बताए ।

युवाहरुले देश विकासमा नयाँ भिजन र नयाँ सोचका साथ उदाहरणिय काम गर्नु पर्छ भन्ने सोच बोकेका राईले आफुले नेतृत्व गरेको गाउँपालिकामा विभिन्न जनमुखी कामहरु गरिरहेका छन् । कुनै पनि कामलाई नमूनायोग्य र अरु भन्दा केहि न केहि फरक तथा पृथक ढंगले गर्न रुचाउने अध्यक्ष राईले विकासका कामलाई पनि सोहि अनुरुप अघि बढाएका छन् ।

राईको अगुवाईमा यहाँका ऐतिहासिक, धार्मिक, पर्यटकिय, खेलकुद लगाएत क्षेत्रमा आधुनिकताको प्रयोग गर्दै मौलिकता कायम राख्ने गरी विस्तृत परियोजना प्रतिबेदन(डीपिआर) तयार गरेर काम भइरहेका छन् । कामको थालनी गर्नु पूर्व परियोजनाहरुको विस्तृत खाका तयार गरेमा कामलाई आर्कषक रुपमा नमूनायोग्य तबरबाट सम्पन्न गर्न सकिने राईको भनाइ छ । त्यसैले दुर्गामी महत्व राख्ने योजनाहरुको डीपिआर तयार गरेर मात्र काम गरिरहेको राईले बताए । बाँकी रहेका कामलाई पूर्णता दिन आफु पुन ः चुनावमा उम्मेदवार बनेको राईले बताए ।

निर्वाचित बनेपछि राईले, भने ‘ म पुनः दोश्रो पटक अध्यक्षमा निर्वाचित भएको छु । धेरै योजनाहरु अधुरा छन् । ती काम पुरा गर्न जनता माझ गएको हुँ । अव समृद्ध गाउँपालिका निर्माणमा मेरो ध्यान जान्छ । मलाई विजयी गराउने पौवादुङमाबासी जनतालाई हृदयदेखी नै सम्झन चाहन्छु धन्यवाद दिन चाहन्छु ।’

संघीयता कार्यान्वयनको चरणमा पौवादुङमा गाउँपालिका स्थापना गर्न संघर्ष समितिको संयोजक बनेर गाउँपालिका स्थापना गर्न निकै ठुलो योगदान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार