भोजपुरको साल्पासिलिछोमा स्वतन्त्र उम्मेदवार दौलथ कुलुङ विजयी


भोजपुर २ जेष्ठ । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उठेका दौलथ कुलुङ भोजपुरको साल्पासिलिछो गाउँपालिकामा विजयी भएका छन्। एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई पराजित गरेका छन्।

विजयी भएका कुलुङले १८ सय १४ मत ल्याउन सफल भए। उनीसँग पराजित नेपाली कांग्रेसका महेश राईले १७ सय ८६ मत ल्याए। अर्कातिर तेस्रो भएको एमालेका अधिकारीले १३ सय ८३ मत मात्रै ल्याउन सफल भएका छन्। यहाँ उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ १८६२ मतसहित विजयी भएकी छन्।

एमालेले फौजदारी मुद्दा चलिरहेको बताउँदै टिकट दिन अस्वीकार गरेपछि थुलुङले स्वतन्त्र उठ्दै धारो चुनाव चिह्न लिएका थिए। साल्पासिलिछोमा बलियो पकड भएका उनी एमालेबाट टिकटका दाबेदार थिए। तर एमाले जिल्लाले अधिकारीलाई दिएपछि बागी उठेका दौलथले माओवादीको पनि साथ लिएर बाजी मारेका हुन्।

वडाअध्यक्षहरू
वडा १ रुख गणेश बुढाथोकी
वडा २ सूर्य गणेश खत्री
वडा ३ रुख बिनोद राई
वडा ४ रुख सञ्जय राई
वडा ५ रुख शिव राई
वडा ६ रुख विक्रम बन सन्यासी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार