भोजपुरमा २६ वडामा एमाले र कांग्रेसको बराबरी अग्रता, माओवादी १० वडा र स्वतन्त्र १ वडामा विजयी


भोजपुर, १ जेष्ठ। स्थानीय तहको पछिल्लो मत गणनाअनुसार भोजपुरका ८१ वडामध्ये ३७ वडाको मत परिणाम निस्किएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले समान १३ वडामा विजयी भएको छ । त्यसैगरि सत्तागठबन्धनकै माओवादी केन्द्रले १० वडा जितेको छ ।
पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सत्तागठबन्धन, साल्पासिलिछो गाउँपालिका, पौवादुङमा गाउँपालिका, हतुवागढी गाउँपालिकामा नेकपा एमाले, आमचोक गाउँपालिकामा माओवादी केन्द्र र अरुण गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार