
भोजपुर, ३१ बैशाख । साल्पासिलिछो गाउँपालिका एकको वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट गणेश बुढाथोकी विजयी भएका छन् । बुढाथोकी ३७८ मत ल्याएर बिजयी बनेका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका मिनबहादुर थापाले ३६० मत ल्याएका थिए । उनी बुढाथोकीसँग १८ मतले पराजित भएका हुन् । अहिले २ नम्बर वडाको गणना भइरहेको छ । यो समचार तयार गर्दासम्ममा गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेका महेश राईको अग्रता रहेको छ ।