भोजपुर, १३ बैशाख । भोजपुरमा निर्वाचनको सगर्मी बढेको छ । सोमबार उम्मेदवारी दर्ता भएसँगै यहाँ निर्वाचन सगर्मी बढेको हो । यहाँ मुख्य रुपमा एमाले र सत्तागबन्धनमा रहेका दलहरु बीच प्रतिस्पर्दा हुने देखिएको छ । एमाले भोजपुरका नौ वटा स्थानीय तहमा एक्लै प्रतिस्पर्दा गर्दैछ भने गठबन्धनका दलहरुले आवश्यकता अनुसार तालमेल गरेका छन् ।
पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका बाहेक पाँच ओटा स्थानीय तहमा काँङग्रेस, माओवादी र एकिकृत समाजवादीले साझा उम्मेदवार उठाएका छन् । जनता समाजवादी पार्टीले भने यसअघि नै गठबन्धन तोडेर एक्लै चुनावमा गएको छ ।भोजपुर नगरपालिकामा गठबन्धनले काङ्ग्रेसबाट मेयरमा कैलाश कुमार आले र उप–मेयरमा एकिकृत समाजवादीबाट ममिता राईलाई उम्मेदवार बनाएको छ । यहाँ एमालेले मेयरमा भरत कुमार तामाङ र उपमेयरमा निर्मला शेर्पालाई अघि सारेको छ ।
षडानन्द नगरपालिकामा गठबन्धनले मेयरमा काङ्ग्रेसबाट विरबल राई र उप–मेयरमा माओवादी केन्द्रबाट प्रमिला राईलाई उम्मेदवार उठाएको छ । यहाँका गठबन्धनका उम्मेदवारसँग एमालेबाट मेयरमा सुरेन्द्र उदास र उप मेयरमा मेरिका राई प्रतिस्पर्दामा उत्रिएका छन् ।
गठबन्धनले टेम्केमैयुङमा काङ्ग्रेसबाट अध्यक्षमा सरोज बस्नेतलाई उठाएको छ भने उपाध्यक्षमा एकिकृत समाजवादीबाट इन्द्रवती राईलाई उम्मेदवार बनाएको छ । यो गाउँपालिकामा एमालेले अध्यक्षमा ध्रुवराज राई र उपाध्यक्षमा रमा राईलाई उम्मेदवार बनाएको छ ।
हतुवागढी गाउँपालिकामा पनि काङ्ग्रेसबाट अध्यक्षमा गजेन्द्र कार्की र उपाध्यक्षमा माओवादी केन्द्रबाट सुनिता किरातीले उम्मेदवारी दिएका छन् । एमालेबाट भने अध्यक्षमा प्रेम कुमार राई र उपाध्यक्षमा कमला राईले उम्मेदवारी दिएका छन् ।
रामप्रसादराई गाउँपालिकामा पनि गठबन्धन र एमाले बीच प्रतिस्पर्दा हुने भएको छ । यहाँ माओवादी केन्द्रबाट अध्यक्षमा थाम बहादुर राई र काङग्रेसबाट उपाध्यक्षमा विरेन्द्र राईले उम्मेदवारी दिएका छन् । एमालेले अध्यक्षमा बलराम राई र उपाध्यक्षमा कमला राईलाई उम्मेबार बनाएको छ ।
पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका र आमचोक गाउँपालिका, साल्पासिलछो गाउँपालिकामा भने सबै दलले आ–आफ्नै उम्मेवार उठाएका छन् । पौवादुङमा गाउँपालिकामा एमालेबाट अध्यक्षमा किरण राई र उपाध्यक्षमा ज्योत्सना राईले उम्मेदवारी दिएका छन् । काङ्ग्रेसले अध्यक्षमा टेकनरसिं कार्की (मनोज कार्की) र उपाध्यक्षमा राम कुमारी राईलाई उठाएको छ । माओवादी केन्द्रले अध्यक्षमा नगेन्द्र भुजेल र उपाध्यक्षमा सम्झना राईलाई उम्मेदवार बनाएको छ ।
आमचोक गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षमा अशोक राई र उपाध्यक्षमा सीता राईलाई उठाएको छ । एमालेले अध्यक्षमा बसन्त राई र उपाध्यक्षमा सर्मिला राईलाई प्रतिस्पर्दामा उतारेको छ । काङ्ग्रेसले पनि यहाँ आफ्नै उम्मेदवार उठाएको छ ।
अरुण गाउँपालिकामा एमालेबाट अध्यक्षमा नारायण घिमिरे र उपाध्यक्षमा कविता राई उम्मेदवार बनेका छन् । काङग्रेसले अध्यक्षमा शालिकराम खत्री र उपाध्यक्षमा विनिता ढकाललाई अघि सारेको छ । माओवादी केन्द्रले एकिकृत समाजवादीसँग मात्र गठबन्धन गरेको छ । यहाँ माओवादीबाट डिल्लीराम अधिकारी अध्यक्षको उम्मेदवार बनेका छन् भने उपाध्यक्षमा एकिकृत समाजवादीबाट होम बहादुर श्रेष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
साल्पासिलिछो गाउँपालिकामा गठबन्धनमा रहेका दलले आ–आफ्नै तरिकाले चुनाव लडेका छन् । यहाँ काङ्ग्रेसले अध्यक्षमा महेश राई र उपाध्यक्षमा अस्मिता राईलाई उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रले उपाध्यक्ष पदमा मात्र उम्मेदवार उठाएको छ । यहाँ माओवादीले जलावती राईलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो । एमालेबाट अध्यक्षमा शान्ती बहादुर अधिकारी र उपाध्यक्षमा रिता घलेको उम्मदेवारी परेको छ । अध्यक्षमा दौलत कुलुङले स्वतन्त्र उम्मेदवार दिएका छन् ।
तालमेल गरेका स्थानमा पनि गठबन्धन भित्र खटपट देखिएको छ । मुख्यपदमा तालमेल भएपनि तल्लो तहमा भने पूर्ण रुपमा तालमेल गर्न समस्या देखिएको गठबन्धनका नेताहरुले बताउने गरेका छन् । साल्पासिलिछो