तेह्रथुम । पुर्वका तराई जिल्लामा नियन्त्रणमा आउन नसकिरहेका बेला तेह्रथुममा पहिलो पटक डेँगु रोगका बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल तेह्रथुममा उपचारका लागि आएका बिरामीहरुमध्ये अहिलेसम्म चार जनामा डेँगुको संक्रमण भएको भेटिएको हो । पछिल्लो समय यातायातले तराई र पहाड जोडिएसंगै तराईमा रोग सार्ने लामखुट्टे र भुसुनाजन्य रोग विस्तारै पहाडमा पनि फैलिँदै गएकोले जिल्लामा डेंगु देखिएको हुन सक्ने जिल्ला अस्पतालका
डा।आनन्द कुमार देवले बताए ।
जिल्ला अस्पतालका चिकित्शकका अनुसार जिल्ला अस्पतालमा उपचारका लागि आएका चार जना बिरामीको उपचारका क्रममा रगत परीक्षण गर्दा उनीहरुमा यो रोग देखा परेको हो । अहिले विरामी चारैजनाको जिल्ला अस्पतालमै उपचार भैरहेको छ । विरामीकोे अवस्था सामान्य भन्न नमिल्ले अस्पतालले जनाएको छ ।
भदौ दुई देखि चार गतेसम्म उपचारका लागि अस्पताल पुगेका दुई महिला र दुई पुरुषको रगत परीक्षणका क्रममा डेँगु देखापरेको थियोे । डेंगु सक्रमितमा म्याङलुङ नगरपालिका–१ का ६५ बर्षिय नर बहादुर खत्रि,लालीगुराँस नगरपालिका–८की ४५ बर्षिय राधा खनाल,उनकी १९ बर्षिय छोरी समिक्षा खनाल र संखुवासभा चैनपुरका २९ बर्षिय विमल राई रहेका छन् । चार मध्ये दुईजना विरामीले केही हप्ता अघि सुनसरीको धरान पुगेर आएको बताएका छन् ।




















