भोजपुरमा क्लिप र विषादी प्रयोग गरिएको रुद्राक्ष नष्ट गर्ने निर्णय


भोजपुर, १६ भाद्र।
भोजपुरको षडानन्द नगरपालिकाकाले क्लिप र विषादी प्रयोग गरिएको रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको पत्रअनुसार कृषक तथा व्यापारीले रुद्राक्षमा क्लिप लगाएको र दानामा विषाधी प्रयोग गरेको प्रमाणित भए नगरसभाबाटै नष्ट गर्ने निर्णय भएको नगरप्रमुख बिरवल राईले जानकारी दिनुभयो ।
विषेश गरे षडानन्द नगरपालिकामा उत्पादन भएको रुद्राक्षको बजारमा नकारात्मक सन्देश नजाओस भनेर यस्तो निर्णय गरिएको उहाँको भनाई छ । नगरप्रमुख मेयरले भन्नुभयो ‘ हाम्रो क्षेत्रमा उत्पादन भएको रुद्राक्षको ख्याति निकै राम्रो छ तर पछिल्लो समय यसको उत्पादनमा आएको विकृतिलाई नियन्त्रण गर्न यस्तो निर्णय गरेका हौ।’
यसले कृषकको हित तथा रुद्राक्षको दिगो व्यापारको लागि सहयोग पुग्ने मेयर राईको भनाईछ । सो क्षेत्रमा अनुमानित २० करोड बढीको कारोवार हुने नगरप्रमुख राईको भनाई छ । यस वर्षबाट भने उत्पादन आम्दानीको यकिन तथ्याङ्क राख्ने गरि नगरपालिकाले काम गर्ने उहाँको भनाई छ । विषादी र क्लिप प्रयोग गरेका रुद्राक्ष विक्रीमा रोक लगाउन माग गर्दै किसानहरुले पनि नगरपालिकामा निवदेन दिएको नगरपालिकाले जनाएको छ ।
२६ गते बसेको नगरसभाले नष्ट गर्ने निर्णय गरेको हो । तर कृषकहरुले भने नगरपालिकाले गरेको निर्णय प्रति आपत्ति जनाएका छन् । केहि मानिसहरुले विषादी भनेर परिभाषित गरेको पनि त्यो विषाधी नभएर भिटामिन, मलखाद भएको कृषक देवराज पुरीले बताउनु भयो । कृषकले रुद्राक्षमा किरा, कमिला नलागोस् भनेर प्रयोग गरेको औषधि (फर्टिलाइजर)लाई विषादी भनेर व्यापारीले गलत प्रचार गरिरहेको पुरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार