गोरु काटेको आरोपमा बाबु छोरा पक्राउ


उदयपुर, १६ भाद्र। उदयपुरको चौदण्डीगढी नगरपालिका–३ हातिसारमा गोरु काटेको आरोपमा ४ जना पक्राउ परेका छन् । मासु खाने र बिक्री प्रयोजनका लागि गोरु काट्दै गरेको अवस्थामा शनिबार साँझ स्थानीय ५० वर्षीय रामप्रसाद राई, उनका २५ वर्षीय छोरा प्रवीण राई, २१ वर्षीय मनिष राई र ५६ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बुद्धि चौलागाईंले बताए ।चारै जनालाई अदालतबाट म्याद लिइ आवश्यक कारबाही अगाडी बढाइने प्रहरी निरीक्षक चौलागाईंले बताए । १ सय ६ केजीको गोरु काटिरहेको अवस्थामा पक्राउ परेका चारै जनलाई इलाका प्रहरी कार्यलय बेल्टारको हिरासतमा राखिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार