
डेंगु नियन्त्रण अभियानमा समुदाय–प्रहरी साझेदारीचितवन, १५ भाद्र। भरतपुर महानगरपालिका–२ लाइन्स चोकमा समुदाय–प्रहरी साझेदारीअन्तर्गत डेंगु नियन्त्रण अभियानका लागि प्रभातफेरी कार्यक्रममा शनिबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका तथा पालिका समिति भरतपुरको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ, टोल विकास समितिका पदाधिकारी, स्थानीय क्लब, आमा समूहलगायतको सहभागितामा सचेतनामूलक ¥याली निकालिएको थियो । उक्त ¥याली सहिदचोक, कमलनगर, पुल्चोक हुँदै पोखरा बसपार्क पुगेर समापन भएको थियो ।यसैगरी, समुदाय –प्रहरी साझेदारीअन्तर्गत भरतपुर महानगरपालिका–७ मा सचेतनामूलक सरसफाइ कार्यक्रमसमेत गरिएको छ । कार्यक्रममा ८ सय थान सचेतनामूलक पर्चा, पम्प्लेट वितरण गरिएको थियो ।




















