किशोरी बलात्कार गर्ने एक किशोरलाई ६ बर्ष जेल सजाय


उदयपुर,१४ भाद्र । जिल्ला अदातल उदयपुरले किशोरी बलात्कार आरोपमा पुर्पक्षका लागि बाल सुधार गृह बिराटगनरमा रहेको उदयपुरका एक किशोरलाई ६ बर्ष ८ महिना कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधिश दिपक खनालको इजलासले १७ बर्षीया एक किशोरीलाई १७ बर्षीय किशोरले बलात्कार गरेको कसुर ठहर गर्दै बालकलाई कैदसँगै पीडितलाई १० हजार क्षतिपुर्ति भराउने गरी फैसला सुनाएको हो । फैसलासँगै कसुरदार नाबालक रहुन्जेल बाल सुधार गृहमा नै बस्नेछन् र साबालक ठहरिएपछि कारागार चलान हुने श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । १० बर्ष कैद फैसला सुनाइएका कसुरदार नाबालक ठहरिएकाले साबालकलाई हुने सजायको दुई तिहाई सजाय गर्नु पर्ने कानुनी व्यवस्था अनुसार ६ बर्ष ८ महिना सजाय निर्धारण गरिएको उनको भनाई छ ।

२०७५ कात्तिक २२ गते बालिकालाई ३ दिन बन्धक बनाएर बलात्कार गरेको भन्दै परिवारले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएका थिए । जाहेरी लगत्तै पक्राउ परेका कसुरदारलाई अदालतले २०७५ मंसिर २० गते पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार