एक लाख घूस लिने व्यवस्थापन समिति सदस्य पक्राउ


एक लाख घूस लिने व्यवस्थापन समिति सदस्य पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा जयनाथ चौवे रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समूहले कपिलवस्तु नगरपालिका १ को न्यू रेसुङ्गा होटल एण्ड रेष्टुरेन्टबाट उनलाई आईतबार पक्राउ गरेको हो ।

उनी कपिलवस्तु, यशोधरा– ३ को श्रीकृष्ण धार्मिक माद्यामिक विद्यालय वसन्तपुर विद्यालय व्यवस्थापन समितिका सदस्य हुन् । उनले विद्यालयमा विज्ञापन गरिएको अंग्रेजी विषयको मावि अनुदान शिक्षक दरबन्दीमा शिक्षक नियुक्ति गराइदिने भन्दै चौवेले सेवाग्राहीसँग घूस लिएका हुन्। उनीबारे थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार